बजार

नेपाल एग्रो लघुवित्तले १५ प्रतिशत लाभांश दिने


नेपाल एग्रो लघुवित्त वित्तीय संस्था (NEGRO) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

सञ्चालक समितिको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६७० आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकवाट स्वीकृत भएर लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *