राजनीतिसमाचार

नेकपाको स्कुल विभागमा अझै विवाद


नेकपामा बढ्दै गएकाे स्कुल विभागकाे नेतृत्व कसले लिने भन्ने विवादले बुधबार पनि सचिवालय बैठक स्थगित भएकाे छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिलेपछि बुधबार बस्ने भनिएको बैठक फेरि स्थगित भएको हाे ।

दुई अध्यक्ष ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार दिउँसो छलफल भए पनि कुरा नमिलेपछि बिहीबारका लागि बैठक सारिएको दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी दिए ।

उनका अनुसार छलफलका क्रममा स्कूल विभागमा पूर्व माओवादीहरु लचिलो भएपनि पूर्वएमाले बीचमै विवाद उत्पन्न भएको छ । स्कुल विभागको सुरुबाटै नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले दाबी गरिरहेका थिए । अर्का नेकपा नेता ईश्वर पोखरेलले संगठन विभाग नपाएपछि स्कुल विभागमा दाबी गरेकाले विवाद उत्पन्न भएको हो । अहिले स्कुल विभागको विवाद बढ्दै गएपछि नेता झलनाथ खनाल, घनश्याम भुषाल, वेदुराम भुषाल, राम कार्कीलगायत नेताहरुले पनि दाबी गर्न थालेका छन् ।

यसअघि मंगलबार पनि बैठक स्थगित भएको थियो । मंगलबार पूर्व एमालेका नेताहरु बालुवाटारमा बैठक बसेर गृहकार्य गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close