अन्तरास्ट्रिय राजनीति

१९५० को सन्धिको धारा ८ अनुसार नेपालको ६० हजार हेक्टर जमिन भारतले फिर्ता गर्नै पर्ने ।

नेपालले गुमाएका भु-भाग किन फिर्ता वा स्वतन्त्र नहुने ? सन १९५० को सन्धिको धारा ८ अनुसार ६० हजार हेक्टर जमिन भारतले फिर्ता गर्नै पर्छ भन्ने सम्पुर्ण नेपालीले सेयर गरौ

राजा पृथ्वीनारायण शाहले सन्चालन गरेका बिशाल नेपाल एकीकरण सुरुवात १८ औं शताब्दीको सुरुवात संगै गरेका थिए । एउटा सानो गोर्खा राज्यबाट विस्तार एकीकरण अन्तमा पुर्वमा टिस्टा हालको बङ्गलादेश, पश्चिममा सतलज, कागडा कश्मिर सम्म उत्तरमा हिमालय पर्वत देखि दक्षिणमा देहरादुन, बिहार, दिल्ली नजिक जमुना नदिसम्म ७२ साल सम्मको एकीकरण अभियान बिस्तार भएका थिए । सुगौली सन्धि पहिले बिशाल नेपालको क्षेत्रफल २,६०,००० स्वुयर मिटर भन्दा धेरै क्षेत्रफल रहेको थियो ।

बेलायतले भारतमा आफ्नो उपनिवेश लाद्नु अघि भारतमा ६३० वटा मुलुक वा राज्य थियो । अंग्रेज़को दक्षिण एसियामा आगमन संगै पाकिस्तान, कश्मिर, बङ्गलादेस, श्रीलंका, हैदरवाद, पन्जाव, राजस्थान, असाम लगायत सम्पुर्ण राज्यलाई बर्बर आक्रमण गरेर एउटा बिशाल भारत बनायो ।

त्यो सँगै अंग्रेज़ले नेपालमा माथि पनि बर्बरता आक्रमण गर्यो तर नेपाली गिर्खालीको मुल मन्त्र” कायर हुनुभन्दा मर्नु जाती” का सामु केहि चलेन । तर भारतमा भने निरन्तर लामो उपनिवेश गर्यो । सन् १९४७ मा बेलायतबाट पाकिस्तान, भारत स्वतन्त्र भएपछि नेपालले गुमाएको उक्त भू–भाग नेपालको हुनुपर्ने माग नेपालमा उठेको दशकौं भइसकेको छ । सुगौली सन्धि पछि हालको नेपालको क्षेत्रफल १,४७,१८१ स्कुयर मिटर रहेको छ ।

सुगौली सन्धिमा नेपालले छाड्नुपर्ने जमिन सदाका निम्ति छाड्नुपर्छ भन्ने थियो तर सन् १८१६ को मार्च ४ मा नेपालले सुगौली सन्धिमा हस्ताक्षर गरेको एक वर्ष नपुग्दै १८१६ कै डिसेम्बर ८ मै बेलायतीहरुले कोशीदेखि गण्डकीसम्मको तराई फिर्ता गर्न प्रस्ताव गरे । नेपालका राजाले १८१८ डिसेम्बर ११ गते त्यो प्रस्तावलाई स्विकार गरे । सुगौली सन्धि सदाको लागि नभएको रहेछ भन्ने त एक वर्ष नपुग्दै फिर्ता भएको त्यो प्रक्रियाबाट पनि थाहा पुष्टी भएको छ । १८५७ मा भारतको लखनउमा भएको सिपाही विद्रोह दबाउनको निमित्त जंगबहादुरले सहयोग गरेबापत व्रिटिसहरुले १८६० मा हामीलाई एउटा सन्धि गर्दै बाके, बर्दिया, कैलाली, कंचनपुर जिल्ला फिर्ता गरेको इतिहास साक्षी छ । सैनिक विद्रोह दबाउन बेलायतलाई सहयोग गरेपछि नेपालले त्यतिबेला नै केही भू–भाग गुमेको भूमि फिर्ता पायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *