बजारबैंक तथा बिमा

एनएमबि बैंकको विशेष साधारण सभा सम्पन्न, ओमसँग मर्जर प्रस्ताव पारित


एनएमबि बैंक (NMB) को साउन २८ गते मंगलबार सम्पन्न विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गर्ने प्रस्ताव पारित गरेको छ।

विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंकसँग गरिएकाे मर्जर सम्झौताकाे प्रतिवेदन पारित गरेको छ भने डिडिए रिपोर्टबाट प्राप्त भएको १००:७६ स्वाप रेशियोलाई स्वीकृती प्रदान गरेको छ ।

बैंकको साधारणसभाले शेयर खरिद बिक्रीको नियामक निकायको स्वीकृति लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र शेयर दलालका लागि ब्रोकरेज सेवा प्रदान गर्ने गरी आफ्नो प्रबन्धपत्र तथा नियमावली संसोधन गरेको छ।

मर्जर सम्झौता पश्चात बैंकको शेयर कारोबार जेठ ३ गतेदेखि नै रोक्का छ। नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको एनएमबी बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ। sources – merolagani

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close