बैंक तथा बिमा

बैंक वित्तको शाखा संख्या ७ हजार नाघ्यो, ६५ स्थानीय तह वाणिज्य बैंक विहिन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ७ हजार नाघेको छ ।बैंक तथा वित्तीय संस्थाहरुको संख्या चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा बढेर ७ हजार ३ सय ८९ पुगेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै सञ्चालनमा रहेका २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ७ हजार ३ सय ८९ पुगेको जानकारी दिएको हो ।

शाखा विस्तारका कारण बैंकिङ पहुँचको समेत वृद्धि भइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यद्यपि अझै ६५ स्थानीय तह वाणिज्य बैंक बिहिन देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *