पर्यटन समाचार

लम्जुङ जिल्लाको राईनास नगरपालिकाको पर्यटकीय बिकासको लागी नगर प्रमुख द्धारा मन्त्रीसंग छलफल


काठमाण्डौ,२८ साउन ः लम्जुङ जिल्लाको राईनास नगरपालिका पर्यटकीय तथा एतिहासिक दृष्ट्रिकोणले जिल्लाकै महत्वपुर्ण स्थान मध्यमा पर्दछ ।यस नगरपालिकामा हालसालै देशकै उत्कृष्ट बनेको राईनास होमस्टे, राइनासकोटमा अबस्थीत शिवालयको मन्दिर ,कालिकाको मन्दिर,पुराना राजाका बिभिन्न आकार प्रकारका किल्लाहरु , रमणीय राइनास कोट ,तल्लोभागमा अबस्थीत राइनासटार ,बिभिन्न जात जातीका सास्कृतिक बिबिधता सार्थ बन्दै गरेको भत्ति थापा पार्क आदी पर्यटकीय तथा एतिहासिक स्थानहरु रहेकाछन् जहा पर्यटकले भरपुर आनन्द लिनुका साथै धेरै कुरा सिक्न पनि सक्दछन् ।

राईनास नगरपालिकाको बृहत्तर बिकासमा उक्त नगरपालिकाका प्रथम नगर प्रमुख सिह बहादुर थापाको गहन भुमिकालाइ त्यहा बन्दै गरेका सडक तथा अन्य भौतिक सर्मचनाबाट प्रष्ठ बुझ्न सकिन्छ, साथै उक्त ठाउलाइ कसरी बिकास गर्न सकिन्छ भन्ने कुरामा नगर प्रमुख दत्तचित्त भएर लागेको देख्न सकिन्छ ।

हरेक नगर प्रमुख तथा त्यहाका स्थानिया जनताको आफ्नो ठाउको दुरतारुपमा बिकास होस भन्ने चाहाने हुनु सोभाबै हो ।यसै सिलसिलामा राइनास नगरपालिकाका प्रमुख तथा केही बुद्धिजिबी द्धारा नवनियुत्त पर्यटन मन्त्री माननिय योगश भट्टराइ सग भेट गरि राइनास नगरपालिकामा थप पर्यटकीयारुपमा महत्वपुर्ण रहेका स्थानको बिकास लागी के–के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेकाछन् जसमा १.न.मा राइनास कोटमा सम्भाब्यता अध्यन भै उडान भैसकेको पाराग्लाइडिङ सेवालाइ नियमीत गर्ने। २ नं. मा एतिहासिक राइनास कोट दरबारको पुननिर्माण गर्ने तथा ३. नं. मा राइनास कोट र लिग लिग कोट जोड्ने पद मार्गको निर्माण गर्ने आदी बिषय बस्तु रहेकाछन्, ।

उक्तछलफलमा आफुले राखेका बिषयमा मन्त्रीको तर्फबाट राम्रै आश्वासन पाएको नगर प्रमुख सिह बहादुर थापाले बताएकाछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *