कला र साहित्य समाचार

बिबाह भएको एक वर्ष नपुग्दै छुट्टिए माइली–लिअम


काठमाडौँ — अमेरिकी गायिका तथा नायिका माइली साइरस र अस्ट्रेलियन नायक लिअम हेम्सवर्थको विवाह भएको वर्ष दिन पनि नपुग्दै सम्बन्धविच्छेद भएको छ । करिअर र आफ्ना लागि भन्दै दुवैले सहमतिमा सम्बन्ध टुंग्याउन मन्जुर भएको माइली नजिकको स्रोतले बताएको छ ।

यो जोडी फिल्म ‘द हङ्गर गेम्स’ को छायांकनताका नजिकिएको थियो । जसमा हेम्सवर्थले अभिनय गरेका थिए । त्यसो त सन् २०१० मै दुवैले ‘द लास्ट सङ’ मा अभिनय गरेका थिए भने चिनापर्चीको सुरुवात त्यहीदेखि भएको थियो । त्यसपछिको एक दशक कहिले नजिक र कहिले टाढा हुँदै प्रेम सम्बन्ध बितायो ।

गत डिसेम्बरमा दुवैले विवाह गरेका थिए । माइली निकट स्रोतका अनुसार, वैवाहिक सम्बन्ध नरहे पनि उनीहरूले पालेका जनावरहरूको अभिभावकत्वका लागि दुवै जोडीका रूपमा भने रहिरहने बताइएको छ । साथै, दुवैले एकअर्काको गोप्यताको समेत सम्मान गर्नेमा सहमति जनाएका छन् ।

विवाह टुटेपछि मन बहलाउन घर पुगेका लिअमले डेली मेलका पत्रकारसँग छुट्टिनुको कारण अरूले बुझ्न नसक्ने भन्दै यसबारेमा कुरै गर्न नचाहेको बताए । माइलीले भने सम्बन्ध टुटेपछि ‘मन शान्त र आशावादी’ रहेको टिप्पणीगरेकी छन् । स्रोत – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *