खेलकुद

एभरेस्ट प्रिमियर लिग (ईपीएल) फागुनमा हुनेभएको छ

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण फागुन १७ देखि चैत १ (फेब्रुअरी १९ देखि मार्च ४) सम्म हुने भएको छ । ईपीएलको यसअघिका दुई संस्करण डिसेम्बरमा हुँदै आएको थियो । यसपालि पनि प्रतियोगिता तीन शनिबार आयोजना हुनेछ ।

चिसो मौसम रहने भएकाले बिहानका खेलहरू केही ढिला गरी सञ्चालन हुने आयोजक ईपीएलले जनाएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटका एक ठूला नामभएका खेलाडी राख्न अनिवार्य गरिएको छ । ती खेलाडीलाई आइकोनिक खेलाडीका रूपमा राखिने भएको छ । ईपीएलमा चार विदेशी खेलाडी राख्न पाउने नियम छ ।

ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आइकोनिक खेलाडी समेट्दा प्रतियोगिताले नयाँ आयाम थप्ने जनाएका छन् । ६ फ्रेन्चाइज टोली सहभागी हुने प्रतियोगिता गत संस्करण ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गरी जितेको थियो ।

प्रतियोगिताको मिति र आधिकारिता पाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग पत्राचार गरिएको आयोजकले जनाएको छ । source – kantipur daily

Leave a Reply

Your email address will not be published. Required fields are marked *