बजार

शेयर कारोबारको समय बढाउने विषयमा बोर्डले माग्यो नेप्सेसँग राय


शेयर कारोबार हुने समय बढाउनका लागि धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जसँग राय माग गरेको छ । बोर्डले हाल भईरहेको कारोबार समयमा एक घण्टा बढाउँदा बजारमा पर्न सक्ने प्रभावको बारेमा नेप्सेसँग राय मागेकाे हो ।

यस विषयमा नेप्सेले व्यवस्थापन र सञ्चालक समितिमा छलफल गरेपछि मात्र बोर्डलाई राय सुझाव दिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
बोर्डले कारोबार अवधि बढाउने विषयलाई आफ्नो वार्षिक नीति तथा कार्याक्रमा नै समेटेको छ । सोही अनुरुप बोर्डले नेप्सेसँग राय माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *