बजार

सुनको मूल्य फेरी बढ्यो


माघ २६ गते सुनको मूल्य फेरि बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

यसदिन छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुन प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ८८५ रुपैयाँ कायम रहेको थियो । केहि समय यता सुन र चाँदीको मूल्यमा केहि अस्थिरता देखिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close