बिचार तथा अन्तर्वार्ता

सबैभन्दा ठूलो आकारमा आईपीओ निष्काशनको तयारी गरिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कमायो ४० करोड नाफा


हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

चालु आर्थिक वर्षकै पहिलो त्रैमाससम्ममा बैंकले २० करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो।

८ अर्ब रुपैयाँ बरारको आईपीओ बिक्री गर्ने तयारीमा रहेको यस बैंकको चुक्ता पूँजी पुस मसान्तसम्ममा १२ अर्ब रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब २९ करोड रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा बैंकले २५ करोड निक्षेप सङ्कलन गरी ५८ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। यसबापत लघुवित्तले ६१ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ५७ करोड ४३ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४० करोड २७ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७१ पैसा कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *