बैंक तथा बिमाविविध

राष्ट्र बैंक को नया नियम अब सामाजिक सञ्जालमा विज्ञापन गर्न राेक,गैर कानुनी भुक्तानी गरे कारबाही गर्ने


नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिने विज्ञापनमा रोक लगाउने भएको छ। सामाजिक सञ्जालमा हुने विज्ञापनको अनौपचारिक माध्यमबाट गरिने भुक्तानी गैर कानुनी भएको भन्दै यस्तो भुक्तानीलाई रोक लगाएको हो।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालको माध्यमबाट गरिने विज्ञापन प्रकाशन तथा प्रशारण वापतको भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने कार्य गैरकानुनी भएको भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको छ।

केन्द्रीय बैंकले यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भन्दै कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानुन बमोजिम कारवाही गर्ने जनाएको छ ।

पछिल्लो समय कतिपय बैंक तथा वित्तीय संस्था, होटल तथा अन्य कम्पनीहरुले समेत सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दै आएका थिए।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close