बजार

सुन चाँदीको मूल्य थोरै मात्रामा घट्यो,


मंगलबार बढेको सुन र चाँदीको मूल्य माघ ८ गते बुधबार भने घटेको छ । बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ७४ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *