बजार

ग्लोबल आइएमई बैंकले डेढ अर्बको ऋणपत्र निष्काशन गर्ने

ग्लोबल आइएमई बैंक (GBIME) ले डेढ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले १५ लाख कित्ता ऋणपत्र निष्काशनको लागि गराएको रेटिङमा इक्रो नेपालले न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए माइनस’ रेटिङ प्रदान गरेको छ।

बैंकले ऋणपत्र निष्काशनको लागि रेटिङ गराएपनि धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन।

राष्ट्र बैंकको नीति र आफ्नो पूँजीकोष बलियो बनाउन पछिल्लो समय वाणिज्य बैंकहरु ऋणपत्र बिक्रीमा जुटेका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेको छ तर मर्जरमा जाने संस्थाले भने एक वर्ष छुट पाउने छन्।

जनतासँग मर्ज गरेको ग्लोबल आइएमई बैंकले भने आगामी आर्थिक वर्षको अन्त्यसम्ममा २५ प्रतिशत ऋणपत्र जारी गर्न पाउनेछ।

पछिल्लो समय बैंकहरु मात्र नभई फाइनान्स कम्पनीहरु समेत वाणिज्य बैंकहरुले भन्दा बढी ब्याज दिएर ऋणपत्र निष्काशनको तयारी गरिरहेका छन्।

बैंकहरुले ऋणपत्र निष्काशनलाई तीव्र पारेपनि शेयर दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिएकाे छैन।

कतिपय बैंकहरुले बिक्रीमा ल्याएको ऋण्पत्र सबै बिक्री हुन सकेको छैन भने कतिपयले सर्वसाधारणमा बिक्री नभएको ऋणपत्र व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्तालाई बिक्री गरीरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *