पर्यटन समाचार

बिबिध तस्बिरमा visit नेपाल २०२० हेरौ


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा दीप प्रज्वलन गरीनेपाल भ्रमण वर्ष २०२० औपचारिक उद्घाटन गरिन्। भ्रमण वर्ष उद्घाटनका अवसरमा प्रतिकको रुपमा यतिको अनावरण गरिएको थियो

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो छोटकरीमा मन्तब्य दिदै नेपालले साँस्कृतिक विविधताको कारण सबै खालका पर्यटकहरूलाई आकर्षित गर्न सक्ने बताइन्।

२०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित यो वर्षको पहिलो दिन भ्रमण वर्ष आरम्भ भएको हो। उद्घाटन कार्यक्रममा नेपाली संस्कृति झल्किने गीतसंगीतसँगै लाखे नाच प्रस्तुत गरिएको थियो । उद्घाटन कार्यक्रममा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल
बिबिधतामा एकता भएको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मुलुक भएको बताए। तलका तस्बिरमा visit नेपाल २०२० लाइ नियालौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *