बजार

सुन र चाँदीको भाउ बढ्ने क्रम जारी


केहि समय पहिला घटेको सुनचाँदीको मूल्य फेरी लगातार बढ्न थालेको छ। मंगलबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि तोलामा १०० रुपैयाँले बढेको छ .

मंसिर ४ गते बुधबार छापावाला सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ७२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ७१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार सुनसँगै चाँदीको भाउ समेत बढेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८६० बाट ८६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *